धादिङको रुवीभ्यालीले सरकारको ध्यान तान्यो (फोटो फिचर)

Avatar photo
Dhadingpost
असार १, २०७६

धादिङ असार १ । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वतहरु पर्ने गर्दछन् । पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ ।

काठमाडौंबाट सबै भन्दा नजिकको दुरीमा रहेको धादिङको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ ।

पाल्दोर आधार शिविर र पाङसाङ पासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीहरुले स्थलगत अवलोकन गरि सकिएको छ ।

अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाल, धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो ।

भ्रमणबाट फर्किएपछि उपाध्यक्ष कँडेलले पर्यटन मार्फत समृद्धि हासिल गर्न यस्ता परियोजनाको खोज अनुसन्धान हुन आवश्यक रहेको बताउनु बताए ।

पाङसाङबाट अन्नपूर्ण, मनाशलु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८ मिनेटमै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ ।

(धादिङपोष्टको लागि तस्विर सौजन्यः रामेश्वर कार्की)