
धादिङ जेष्ठ ३२ । नीलकण्ठ नगरपालिका १ खाल्टे पात्ले घर भएकी वर्ष ४० की टिका कुमारी गुरुङ यति बेला दुबै मृगौला फेल भएर मृत्यूको दोसाँझमा छिन् ।
पारिवारिक अवस्था अत्यन्त कमजोर रहेको र आर्थिक सहयोगको अपिल उनको श्रीमान रामकुमार गुरुङ गरे सँगै खाल्टेका विभिन्न विद्यालयका विद्यार्थीहरुले संकलन गरेको नगद शनिबार हस्तान्तरण गरेका छन् ।
विद्यालयमा गठिन जुनियर रेडक्रस सर्कलको सक्रियतामा स्वच्छिक रुपमा गरिएको चन्दाबाट संककलित ८० हजार ३ सय ६० रुपैया उनीहरुले विरामीको श्रीमान रामकुमार गुरुङलाई हस्तान्तरण गरेकोे नयन केसीले धादिङपोष्टलाई बताए ।
विद्यार्थीको अभियानलाई सहयोग गर्नेहरु
१. नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रु.५,००० ।–
२. नेपाल रेडक्रस सोसाइटी खाल्टे उपशाखा रु.५,००० ।–
३. पञ्चकन्या माध्यमिक विद्यालय नी.न.पा ५ रु.१५,००० ।–
४. कालिका आधारभूत विद्यालय नी.न.पा ५ रु.५,५६५ ।–
५. मनकामना देवी आधारभूत विद्यालय नी.न.पा ५ रु.२,२४० ।–
६. महेन्द्रोदय कालिका माध्यमिक विद्यालय नी.न.पा ५ रु.५,००० ।–
७. प्रकाश माध्यमिक विद्यालय नी.न.पा. १ रु. ४,४१० ।–
८. पतेनी आधारभूत विद्यालय नी.न.पा १ रु. ५,५०० ।–
९. राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय भवन रु.११,७७५ ।–
१०. नीलकण्ठ नगरपालिका वडा नं. ५ को श्रीमल टोल, रु.७,५१५ ।–
११. नेम ब. श्रेष्ठ÷सुशिला श्रेष्ठ, रु.२,२०० ।–
१२. राम बहादुर श्रेष्ठ, वडा अध्यक्ष नी.न.पा ५, रु.५,०५५ ।–
आर्थिक रुपमा अत्यन्त कमजोर भएकोले उपचारमा कठिनाई भएकोले उपचारका लागि सिधै विरामीको श्रीमान रामकुमार गुरुङलाई ९८०३३७५७८८ मा फोन गरेर सहयोग गर्न समेत उपशाखा सभापति श्रेष्ठले सबै सामु आग्रह गरेका छन् ।

