स्थायी भएर के गर्नु हुन्छ ? तपाईंको विद्यार्थी रित्तिदै छन् -आचार्य

Avatar photo
Dhadingpost
जेष्ठ ३२, २०७६

धादिङबेसी जेष्ठ ३२ । शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले सरकारी विध्यालयका शिक्षकलाई लच्छित गर्दै, स्थायी भएर के गर्नु हुन्छ ? तपाईंको विद्यार्थी रित्तिदै रहेकाे बताएका छन् ।

गणित शिक्षा परिषद धादिङले जिल्लाका माध्यमिक विद्यालयमा गणित पढाउने शिक्षकका लागि गरेकाे अन्तरक्रिया तथा कार्यशालामा शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उक्त भनाई व्यक्त गरेका हुन् ।

शैक्षिक गुणस्तर लागि शिक्षक पुर्ण तयार नहुदा सम्म परिणाम नस्कने समेत प्रमुख आचार्यले बताएका थिए ।

गणित शिक्षा परिषद धादिङका अध्यक्ष बद्री प्रसाद काेईरालाकाे अध्यक्षता तथा सचिव उत्तम भट्टकाे संचालनमा भएकाे अन्तरक्रिया तथा कार्यशालालाई डी. आर. सिंखडाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा गणित शिक्षा परिषदका केन्द्रीय सदस्य ध्रुव अधिकारी, रिडमाेर पब्लिकेसन्सका आशिष प्रधान, शिक्षक नेता बैकुण्ठ अर्याल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

गणित शिक्षा परिषद धादिङले विद्यार्थीका लागि जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता, गणित शिक्षकहरुका लागि तालिम, गणित शिक्षकका समस्याहरुको अधिकारका लागि आवाज वुलन्द गर्दै आईरहेको छ ।

यसै सँग सम्बन्धित यस अघिको समाचार
गणित शिक्षा परिषद धादिङ