
धादिङ जेष्ठ ३२ । पुर्व नेकपा एमालेबाट सविककाे नीलकण्ठ गाबिसको निर्वाचित उपाध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं २ का वडा अध्यक्षका उमेद्वार जीत लाल गुरुङ नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
नेपाली काॅग्रेस केन्द्रिय कार्यालय सानेपामा पार्टीका मुख्य सचिव कृष्ण पौडेल र नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले सदस्यता प्रदान गर्दै नेपाली काॅग्रेसमा प्रवेस गराएका थिए ।
जितलाल गुरुङ सँगै युवराज गुरुङ,सोम बहादुर गुरुङ,टीका बहादुर गुरुङ,भीम बहादुर गुरुङ र लाल बहादुर गुरुङ समेत काँग्रेसमा प्रवेस गरेका थिए ।





