कृषि विज्ञानमा विद्यार्थीको आकर्षण बढ्यो

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७६

धादिङ जेष्ठ ३० । धादिङ नमुना विद्यालयमा सुचिकृत बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय मावि विशालटारमा प्रविधिक शिक्षा कृषि विज्ञानमा विद्यार्थीको आकर्षण बढेको छ ।

वि.स.२०७२ साल देखि सुरुभएको प्रविधिक तर्फको कृषि शिक्षा पढ्न विद्यार्थी र अभिभावलाई निकै सम्झाउनु पर्दथ्यो अहिले गोरखा, बाग्लुङ देखि कृषि अन्तरगत बालि शिक्षा पढ्न चन्द्रोदय मावि आउँछन् ।

कक्षा ९ देखि कक्षा १२ सम्म बालि विज्ञानको पढाई हुन्छ । यो वर्ष यस विद्यालयकमा कक्षा ९ मा ४० जना, एसईई दिएर बसेका ४६ जना र कक्षा १२ मा ३७ जना विद्यार्थीले बालि विज्ञान पढिरहेको प्रविधिक धार तर्फका शिक्षक इन्चार्ज पदम रानाले धादिङपोष्टलाई बताए ।

प्राविधिक शिक्षा अहिलेको आवश्यकताको महसुश व्याप्त छ, यो सँगै चन्द्रोदयमा बालि विज्ञान अध्ययन गर्ने विद्यार्थीको चाप हुनु स्वभाविकै रहेको बताउँछन् ।

४० नम्बरको सैद्धान्तिक ज्ञान र ६० नम्बरको व्यवहारिक ज्ञानको आधारमा मुल्याङ्कन गरिने यस बालि विज्ञान अन्तरगत कृषि बालि सम्बन्धी पठन पाठन हुने गरेको छ ।

कक्षा १० को परिक्षा सकिए पछि विद्यार्थीले ३ महिना अनिवार्य ओजेटि गर्नुपर्छ, यसका लागि विद्यालयले आफ्नै जग्गामा कृषि बालि लगाउने व्यवस्था समेत गरेको शिक्षक पदम रानाले बताए ।