असार ७ गते चराैंदीमा राष्ट्रिय कलाकारकाे जमघट

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७६

धादिङ जेष्ठ २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धादिङकाे छैटौं जिल्ला अधिवेशन असार ७ गते हुने भएकाे छ ।

धादिङको लाेक संस्कृतिकाे जगेर्नाकाे लागि काम गर्दै आएकाे छैटौं जिल्ला अधिवेशन असार ७ गते हुन लागेकाे हाे ।

जिल्ला अध्यक्ष एवम् लाेक गायक हिमाल घलेका अनुसार अधिबेसनमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको उल्लेख्य सहभागीता रहने छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चरौँदिमा हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।