
धादिङ जेष्ठ २८ । धादिङको ज्वालामुखि गाउँपालिका ४ ढोलामा ३ दिन देखि वेपत्ता १२ वर्षिय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
कालिका माध्यामिक विद्यालय ढोलामा कक्षा ७ मा अध्ययनरत सुनिल परियार जेष्ठ २६ गते स्कुलबाट भाई सँगै घर फर्कदै थिए, घर नजिकै चौतारामा आएपछि भाईलाई तिमी जाउ म एकछिन पछि आउँछु भनेर चौतारीमा बसेको उनको भाईले घरमा बताएका थिए ।
दुई दिन अघि हराएका सुनिललाई परिवारले खोजि कार्य गरेपनि मंगलबार घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा उनको बुवाले देखेका थिए ।
स्कुल ड्रेसको सर्ट च्यातेर पासो बनाई आत्महत्या गरेको अवस्थामा भेटिएका सुनिलको सव प्रहरीले पोष्टमाटमको लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको बताईएको छ ।
१२ वर्षिय बालकको आत्महत्या गर्नु अघि सूसाईट नोट
सुनिल परियाले मर्नु अघि सुसाईट नोट समेत लेखेको भेटिएको छ । कपिमा भाईलाई सम्बोधन गरेर,‘भाई तिमीलाई बुबा आमाले मायाँ गर्नुहुन्छ, मलाई मायाँ नी गर्नुहुन्न र पिट्नुहुन्छ त्यसैले तिमी बुबा आमा सँगै बस्नु म मर्छु’ भनेर लेखेको भेटिएको हो ।

