बुढाथुमका भुकम्प प्रभावितहरु सँग सार्वजनिक सुनुवाई

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७६

धादिङ जेष्ठ २७ । उत्तरी धादिङको गंगाजमुना गाउपालिका ७ बुढाथुममा सुशासन पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सबै भुकम्प प्रभावितको गुनासो सम्बोधन भईसकेको र छुटेको अवस्थामा उनिहरुको समस्या समाधान गरिने बताईन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) र गंगाजमुना गाउपालिकाको आयोजनामा आईतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गंगाजमुना गाउपालिका ७ नं वडाअध्यक्ष बाबुराम न्यौपानेले घर बनाउन केही व्यक्तिको मात्र बाकी भएकोले छिटो बनाउन आग्रह गरेका थिए ।

बुढाथुममा आयोजित कार्यक्रममा पहिलो किस्ता लिएर घर बनाउन बाँकी रहेका आँशिक क्षति भनेर पनि लाभग्राही भनि पुनरनिर्माण प्राधिकरणले अनुदान सहयोग उपलब्ध नगराएकाहरुका बारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।