
धादिङबेसी जेष्ठ २७ । धादिङबेसीमा गत शुक्रबार देखि जारी नीलकण्ठ मेयरकप अन्तरगत १ लाख ५ हजार पुरस्कार राशीको फुटबल धादिङ फुटसलले जितेको छ ।
धादिङ फुटसल र साँङ्कोष बीच सोमबार बिहान भएको फाईनल खेलमा ४ गोल गर्दै धादिङ फुटसलले प्रथम उपाधी चुमेको हो ।
धादिङ फुटसललाई विजयी बनाउन ९ नम्बर जर्सीका राजेश भण्डारीले खेल शुरुभएको २९ मिनेटमा पहिलो गोल गराएका थिए भने ३६ र ४७ मिनेमा रवि भण्डारीले २ गोल गरेका थिए भने ६४ मिनेटमा जर्सी नम्बर ११ का टिम कप्तान गोपी कृष्ण भण्डारीले १ गोल गरेका थिए । फुटसलले राष्ट्रिय स्तरका खेलाडी सँगै आईभेरीकोष्टका (विदेशी) विदेशी खेलाडी अब्दुल आजेजलाई समेत मैदानमा उतारेको थियो ।

उप विजेता बन्न सफल साँङ्कोसका श्रीकृष्ण श्रेष्ठले ३१ मिनेटमा गरेको १ गोल नै अन्तिम गोल बन्न पुगेको थियो । यस टिममा ब् डिभिजनमा खेलेका सुरज ठकुरी, किरण चौधरी, प्रकाश क्षेत्री लगायतका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए ।

नीलकण्ठ नगरपालिकोको आयोजनामा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा भएको यस प्रतियोगितामा विजयीहरुलाई सोमबार बेलुका ५ बजे एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिने खेल संयाजक विकास कोईरालाले बताए ।
नीलकण्ठ मेयर कप ०७५ को फुटबल तर्फ विजेताले १ लाख ५ हजार र उप विजेताले ५० हजार पुरस्कार पाउने छन् भने भलिबलमा बिजेता प्रथम, द्वितिय, तृतिय र सान्तोना टिमले क्रमस ४० हजार, ३० हजार, २० हजार र १० हजार पाउने छन् ।




