
धादिङ जेष्ठ २६ । धादिङबाट काठमाडौंमा रहि विभिन्न पेशा व्यवसाय गर्दै आएका धादिङ्गेहरुले रक्तदान गरेका छन् ।
धादिङ–काठमाडौ गुरुङ सेवा समाज परिवार काठमाडौंले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०० जना भन्दा बढी धादिङ्गेहरुले रक्तदान गरेका हुन् ।
बुद्धमल सपिङ सेन्टर माछापोखरी काठमाडौंमा शनिबार बिहान ८ बजेदेखि सुरुभएको रक्तदान कार्यक्रमलाई रेडक्रस कर्मीहरुले सहयोग गरेको आयोजक संस्था धादिङ–काठमाडौ गुरुङ सेवा समाजका महासचिव बाणिराज गुरुङले धादिङपोष्टलाई जानकारी दिए । समाजले काठमाडौंमा रहि विभिन्न समाजिक सेवामा क्रियाशिलता देखाउँदै आएको छ ।




