
धादिङ जेष्ठ २५ । नेपाली कांग्रेसका युवा नेता एवम केन्द्रिय सदस्य प्रदिप पौडैलले दुई तिहाईको वाम सरकारले गर्ने गल्ती र कमी कमजोरीलाई मात्रै कुरेर काँग्रेस बस्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसको एक महिने जागरण अभियानलाई शनिवार सदरमुकाम धादिङबेसीमा समापन गर्दै पौडेलले पहिला काँग्रेस कार्यकर्ताहरु गाउँ देखि शहर सम्म एकीकृत हुनुपर्ने बताउँदै वाम सरकारले गर्ने गल्ती र कमी कमजोरीलाई कुरेर बस्न नहुने बताएका हुन् ।
धादिङ जिल्लाका विभिन्न क्षेत्रबाट धादिङबेसीमा भेला भएका नेता तथा कार्यकर्ताले सदरमुकाममा नारा जुलुश प्रदर्शन गरेका थिए ।
नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले वर्तमान सरकार ले जनतालाई महंगी बढाउन उद्धत रहेको र जनजिविकाका सवालमा गम्भिर हुनुको साटो विरोध गर्ने, विपक्षी र मिडियालाई तह लगाउन कम्मर कसेको आरोप लगाएका थिए ।


