
धादिङ जेष्ठ २५ । धादिङबेसीमा गत शुक्रबार देखि जारी नीलकण्ठ प्रथम मेयर कप २०७५ को छात्रा र छात्र भलिबल सकिएको छ भने, खुल्ला पुरुष फुटबल जारी रहेको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा जारी मेयर कप अन्तरगत भएको भलिबलका सम्पूर्ण खेल शनिबार सकिएको हो, भने खुल्ला पुरुष फुटबल जेष्ठ २७ गते सम्म संचालन हुने खेल संयोजक विकास कोईरालाले बताए ।

सम्पन्न भलिबल छात्रा तर्फ पन्चकन्या मावि खाल्टे प्रथम, धादिङबेसी स्थित एड्भान्स एकेडेमी द्वितिय, प्रकाश मावि तृतिय र धादिङ बोर्डिङ सान्तोना भएको छ ।

यस्तै छात्र भलिबल प्रतियोगितामा धादिङ बोर्डिङ प्रथम, पशुपति मावि साँङ्कोष द्वितिय, नीलकण्ठ मावि तृतिय र एड्भान्स एकेडेमी सान्तोना भएका छन् ।
भलिबलमा बिजेता प्रथम, द्वितिय, तृतिय र सान्तोना टिमले क्रमस ४० हजार, ३० हजार, २०हजार र १० हजार पाउने आयोजकले घोषणा गरि सकेको छ ।


