धादिङ जेष्ठ २३ । नेपाली काँग्रेसको भतृसंगठन तरुण दल धादिङका उपाध्यक्ष राधे भनेर चिनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन् ।
स्थानीय युवकलाई आक्रमण गर्न लगाएको आरोपमा पक्राउ परेका भण्डारीलाई ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरिएको भन्दै विरोधमा तरुण दल धादिङ प्रेस विज्ञप्ती जारी गर्दै रिहाईको माग गरेको हो ।
योजना वद्ध रुपमा तरुणदललाई कमजोर बनाउन भण्डारीलाई पक्राउ गरिएको र मलेखु घटनामा उनी संलग्न नै नभएको व्यक्तिलाई प्रहरीले झुटा मुद्धा लगाएको तरुणदल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले बताएका छन् ।
वेनीघाट ३ का जिवन मगरलाई युवकहरु परिचालन गरि हतियार प्रयोग गरे घाईते वनाएको आरोपमा बुधबार राधे पक्राउ परेका थिए ।
नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारी विगत ५ वर्ष देखि राजनिती र गिट्टी वालुवा, क्रसर व्यवसायमा संलग्न थिए ।
तरुण दलले विज्ञप्ती मार्फत जिवन मगरले आफुलाई कुटपिट गर्नेमा भण्डारीको संलग्नता नभएको भन्दा भन्दै प्रहरीले जवर्जस्ती नाम मुछेर ज्यान मार्ने उद्योगमा पक्राउ गरेको भन्दै २४ घण्टा भित्र रिहा नगरे तरुणदल कडा संघर्षमा उत्रने बताएको छ ।


