नीलकण्ठको मेयर कप भोलीबाट सुरु हुने (खेल तालिका सहित)

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७६

धादिङबेसी जेष्ठ २२ । धादिङबेसीमा शुक्रबार देखि सुरुहुने खुल्ला पुरुष फुटबल प्रतियोगितामा २० टिम र नगरपलिका भित्र रहेका माध्यामिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा छात्र १४ र छात्रा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नीलकण्ठ नगरपालिकाको आयोजना र धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिता मेयर कप २०७५ यी दुई विधामा यी टीमहरुले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

फुटबल तर्फ विजेताले पुरस्कार १ लाख ५ हजार र उप विजेताले ५० हजार पुरस्कार पाउने छन् भने भलिबल तर्फ छात्रा र छात्र दुबै तर्फ प्रथम ४० हजार, द्वितिय ३० हजार, तृतिय २० हजार र सान्तोना १० हजार पुरस्कार पाउने खेल संयोजक विकास कोईरालाले धादिङपोष्टलाई बताए ।

यस्तो छ खेल तालिका