अन्यौलमा बूढीगण्डकी जलविद्युत् आयोजना, गेजुवा सम्पर्क विहीन

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७६

धादिङ जेष्ठ २१ । उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुनको उपस्थितमा बुढीगण्डकी जलविद्युत आयोजनाको बारेमा पछिल्लो अवस्था बारे सरोकारवालाहरु बीच छलफल भएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितीले १२०० मेघावाट क्षमताको जलाशय युक्त बुढीगण्डकी जलविद्युत आयोजनाको सम्बन्धमा वृहत छलफल मन्त्री बर्षमान पुनको उपस्थितमा गरेको हो ।

हाल सम्मको प्रगति, आरूघाट-विसालनगर-खहरे-आरखेत लगाएतका बजार क्षेत्रहरूको बाँकी मुआब्जा निर्धारण र वितरण, विस्थापितहरूको पुनरस्थापना विषयमा सोमबार छलफल गरिएको थियो ।

गेजुवा सम्पर्क विहीन

राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन भएपछि अन्योल सिर्जना भएको हो ।

सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको यो आयोजना निर्माण गर्न सरकारले बिना प्रतिस्पर्धा उक्त कम्पनीलाई दिएको थियो । तर, यो निर्माण कम्पनी अहिले सरकारकै सम्पर्कमा छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफैं बनाउने निर्णय गरेको बूढीगण्डकी आयोजनालाई गत असोजमा केपी ओली नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो ।