
काठमाडौं जेष्ठ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ ।
सोमबार बालुवाटारमा बसेर यी दुई नेताले जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको गरेका थिए ।
मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने बताईएकोछ भने अन्य शीर्ष नेताको कार्यविभाजन बारे पनि छलफल हुनेछ । सचिवालय बैठकमा माधव नेपालको सहमति लिएर मात्र यो विषय टुंग्याउने तयारी गरिएको छ ।
ओली र प्रचण्डसँगको छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल समेत सहभागी थिए । सचिवालयको बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ । (तस्बिरः फाईल)

