धादिङका किसानले कृषि मन्त्रीको राजीनामा मागे

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७६

धादिङ जेष्ठ २० । धादिङका किसानहरु रासायनिक मलको अभाव भएपछि आन्दोलित भएका छन् । मकै, घैया लगायतका बालीहरु युरिया मल हाल्न नपाए पछि धादिङका किसानहरुले केषि मन्त्रीको राजिनामा मागेका छन् ।

रित्तो बोरासहित जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गर्न पुगेका किसानहरुले नाराबाजी गर्दै आक्रोस व्यक्त गर्दै मन्त्रीको राजिनामा मागेका हुन् ।

मल वितरण हुने सूचना पाएपछि आइतबार बिहानै देखि ६ सय भन्दा बढी किसान सदरमुकाम स्थित युरिया वितरण हुने सहकारीमा पुगेका थिए । घन्टौं लाइन बसेपनि सहकारीले २ सय बोरा मात्रै आएकाले सबैलाई बाँड्न नसक्ने बताएपछि किसानहरू प्रदर्शन र विरोधमा उत्रेका थिए ।

सहकारीले मल नबाँड्ने भनेपछि आक्रोशित बनेका कृषकहरू ‘रित्तो बोरा मलले भर’, ‘कृषिमन्त्री राजीनामा देऊ’, ‘कृषकको समस्या समाधान गर’ भन्ने नारा लगाउँदै प्रशासन घेराउ गर्न पुगेका थिए ।