क्रिकेट अपडेटः फाईनलमा बेनीघाट बी र गजुरी

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७६

धादिङ जेष्ठ २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा जारी जिल्ला स्तरीय टि-१० क्रिकेट प्रतियोगिताको फाइनल खेल बेनिघाट बी र गजुरी क्रिकेट क्लव बीच हुने भएको छ ।

नेपाल आईस वियरको मुख्य प्रायोजनमा हिमालय करु मेमोरियल ट्रस्ट, धादिङले आोजना गरेको यस प्रतियोगिताको सोमबार भएको सेमी फाईनलमा गजुरीले मलेखुलाई र बेनीघाट बी ले बेनीघाट ए लाई पराजित गरे सँगै फाईनल खेल बेनिघाट बी र गजुरी क्रिकेट क्लव बीच हुने भएको हो ।

जिल्लाका ६ वटा टिमले भाग लिएको यस प्रतियोगिताको फाईनल खेल मंगलबार दिउँसो ४ बजे हुने आयोजक संस्थाका दिपेश कडेलले धादिङपोष्टलाई बताए ।