
धादिङ, बेनिघाट रोराङ, जेष्ठ १८ । सूचना र संचार प्रविधिको महत्व, महिला हिंसा न्यूनिकरणमा विद्यार्थीको भुमिका र अनुशासनको महत्व शिर्षक दिईएका तीन विषयको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
धादिङ बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय मावि विशालटारले विद्यार्थीको क्षेमता अभिबृद्धि गराउने उद्धेश्यका साथ कक्षा १ देखि १० सम्मका ८३ जना सहभागि विद्यार्थी बीच बक्तृत्वकला प्रतियोगिता गरिएको बौद्धिक क्रियाकलाप संचालन समितिका संयोजक शिक्षक मिश्र शाक्यले बताए ।
संयोजक शाक्यका अनुसार, महिला हिंसा न्यूनिकरणमा विद्यार्थीको भुमिका विषयमा ९ र १० का २२ विद्यार्थीले भाग लिईएको मा अकृती दाहाल (१० टी) प्रथम, निसिता माझी (१० टी) दितिय र रेजिना लोहनी (१० टी) तृतिय भएका थिए ।
यस्तै सूचना र संचार प्रविधिको महत्व विषयमा कक्षा ६ देखि ८ सम्म अंग्रेजी तह तर्फ सवि डल्लाकोटी (7A), पूर्णिमा थपलिया (8A) र सुजल बस्नेत (7A) क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए, भने नेपाली तह तर्फ मनिश चेपाङ (8), सन्तोषी याद (8B) र सुशिला मगर (8B) क्रमश प्रथम, दितिय र तृतिय भएका थिए ।
शुक्रबार भएको उक्त प्रतियोगितामा अनुशासनको महत्व शिर्षकमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीले भाग लिएका थिए ।

