
धादिङ जेष्ठ १८ । बेनिघाट रोराङ गाउँपालिका मझिमटारमा रहेको शड़खादेवि माध्यामिक विद्यालयमा अध्ययनरत २० जना छात्राहरुले नि:शुल्क पढ्न पाउने भएका छन् ।
लिटिल सिस्टर फण्ड काठमाडौले सिमान्तकृत चेपाङ समुदायको ११ जना र अति बिपन्न, दलित, जेहेन्दार र पढाइमा अब्बल ९ जना गरि २० जना छात्राहरुलाई नि:शुल्क पढाउने भएको हो ।
युएन् पुर्व राजदुत डाक्टर जयराज आचार्य तथा उनको धर्मपत्नी डाक्टर उषा आचार्यको लिटिल सिस्टर फण्डले विद्यालयमा एक कार्यक्रम गरी २० जना बिद्यार्थीलाई कक्षा १ देखि कक्षा १२ सम्म नि:शुल्क पढ्न पाउने घोषणा गरेको थियो ।
हालसम्म उक्त संस्थाको आर्थिक सहयोगमा अमेरिका जापान, नेपाल र खाडीमुलुक मा २६०० जनालाई निःशुल्क पढाउँदै आएको बताईएको छ । (धादिङपोष्टका लागि तस्बिरः तिलक चेपाङ)

