
धादिङ जेष्ठ १७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
हिमालय करु मेमोरियल ट्रस्ट, धादिङको आयोजनामा शुक्रबारबाट बिशालटार खेल मैदानमा टि-१० क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन भएको लिग चरणको खेलमा क्रिकेट क्लव मलेखुले, धादिङबेसी क्रिकेट क्लवलाई र गजुरी क्रिकेट क्लवले मझिमटार क्रिकेट क्लवलाई हराएको छ ।

शनिबार हुने दास्रो दिनको खेलमा बेनीघाट बी विरुद्ध मलेखु बिहान ८ बजे देखि र मझिमटार विरुद्ध बेनीघाट ए बीच बिहान १० बजे हुनेछ ।
यस्तै दिउँसो २ः३० बजे बेनिघाट बी को विरुद्ध धादिङबेसी र ४ः३० बजे बेनिघाट ए विरुद्ध गजुरीले खेल्ने आयोजक संस्था हिमालय करु मेमोरियल ट्रस्टका दिपेश कडेलले धादिङ पोष्टलाई बताए ।
क्रिकेट मैदान निमार्ण कार्य अगाडी बढ्यो -उपप्रमुख सिलवाल
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै बेनिघाट रोराङ गाउँपालिकाका उपप्रमुख एवम् उद्घाटन सत्रका प्रमुख अतिथि देविप्रसाद सिलवालले
क्रिकेट मैदान निमार्ण कार्य अगाडी बढेको बताए ।
लोकप्रिय खेल क्रिकेटको खेल मैदान निमार्णको लागि गाउँपालिकाले काम अगाडी बढाएको बताउँदै खेल मैदान निमार्णको लागि प्रदेश हुँदै केन्द्र सरकार समेत सकारात्मक देखिएकोले क्षेत्रिय स्तरको खेद मैदान बेनिघाट रोराङले बनाउन लागेको उपप्रमुख सिलवालले खुलासा गरेका थिए ।

उद्रघाटन कार्यक्रममा वडा ५ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता रोसन सिलवाल, क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक, फोटो पत्रकार संघ धादिङका अध्यक्ष नारायण सिलवाल लगायतको आतिथ्यता रहेको थियो । पाँच दिन सम्म चल्ने उक्त प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस अघिका समाचार
धादिङमा जिल्ला स्तरीय क्रिकेट कप भाेलि देखि
धादिङमा टि १० क्रिकेट कप हुने

