धादिङमा जिल्ला स्तरीय क्रिकेट कप भाेलि देखि

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०७६

धादिङ जेष्ठ १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाकाे बिशालटारमा जिल्ला स्तरीय टि १० क्रिकेट कप शुक्रबार देखि सुरु हुने भएको छ ।

हिमालय करु मेमोरियल ट्रस्ट, धादिङ्गको आयोजनामा बिशालटार मैदानमा जेष्ठ १७ देखि पाँच दिन सम्म सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा जिल्लाका ६ टिमले भाग लिने भएका छन् हामी दुई समुहमा बिभाजन गरि खेल संचालनको तयारीमा शुक्रबार एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकाेटी (हरि डल्लाकाेटी) ले उद्घाटन गर्ने दिपेष कंडेलले धादिङपोष्टलाई बताए ।

कंडेलका अनुसार ग्रुप ए मा बेनिघाट ए, गजुरि, मजिमटार र ग्रुप बी मा बेनिघाट बि, धादिङ्ग, मलेखु टिम रहेका छन् ।
उद्घाटन सँगै प्रतियाेगिता दिनकाे १ बजेबाट सुरु हुने छ ।