
धादिङ गजुरी जेष्ठ १४ । गजुरी गाउँपालिका राम्चेमा “मर्यादित महिनावारी: अब काम थालौ” भन्ने मुल नाराका साथ छैठौ महिनावारी स्वच्छता व्यवस्थापन दिवस मनाईएकाे छ ।
राम्चेमा राम्चे खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सामुदायीक स्वास्थ्य ईकाइ केन्द्र राम्चे र प्रयास नेपाल धादिङको संयुक्त आयोजनामा “मर्यादित महिनावारी: अब काम थालौ” भन्ने मुल नाराका साथ छैठौ महिनावारी स्वच्छता व्यवस्थापन दिवस मनाईएकाे हाे ।
कार्यक्रममा महिनावारी भनेको के हो ? महिनावारी हुँदा के-के गर्नु पर्छ, के-के गर्नु हुँदैन र महिनावारीको बेलामा अपनाउनु पर्ने तथा ध्यान दिनु पर्ने कुरा घरायसी स्तरमा बनाउन सकिने सेनिटरी प्याड र जोखीम लगाएतका विषयमा सहभागीहरुलाई जानकारी गराईएकाे थियो ।
राम्चे खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष हरी प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायीक स्वास्थ्य इकाई केन्द्रकी सविता भट्टराई, रविना बस्नेत, शिक्षक, विद्यार्थी, आमा समुह, स्थानिय बुद्धिजिवी लगाएतको उपस्थित रहेको कार्यक्रमको सहजिकरण प्रयास नेपाल धादिङका जनस्वास्थ्य सहायक हेमराज महरा र गोविन्द प्रसाद विडारीले गरेका थिए ।

