सिद्धलेकमा सहकारी लेखा व्यवस्थापन कार्यशाला सकियाे

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७६

धादिङ, सिद्धलेक जेठ ११ । धादिङको सिद्धलेक गाउँपालिकामा रहेको उपहार महिला कृषि सहकारी संस्थाका पदाधिकारीहरु तथा समुहको अध्यक्ष तथा कोषाध्यक्षको लागि ३ दिने सहकारी लेखा व्यवस्थापन सम्बन्धि कार्यशाला मंगलबार सम्पन्न भएको छ ।

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत महिला समुहमा आबद्ध महिलाहरुहरुद्धारा मात्र गठित उपहार महिला कृषि सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारीलाई दिईएकाे तालिम मंगलबार सम्पन्न भएकाे हाे ।

सहकारी गीता सिलवालको अध्यक्षता तथा दिर्घराज सापकोटाको सहजिकरणमा संचालन भएको लेखा व्यवस्थापन तालिममा सहकारीको विनियम, नीति तथा कार्य बिधिहरुको महत्व र निर्माणको दायित्व, सहकारीमा सदस्य, सदस्यको लागी योग्यता, सदस्यता प्रदान गर्ने बिधि र सदस्य अभिलेख, ४ खाता, भौचर, पासबुक, ऋण, लगानी खातापाता व्यवस्थापनको बारेमा छलफल सिकाईएकाे थियाे ।

यसैगरी तालिममा संचालक समितिका अध्यक्ष, क‍‍ोषाध्यक्षको, काम कर्तव्य र अधिकार, व्यावसायिक सहकारीमा योजना र योजनाको महत्व तथा निर्माणको जिम्मेवारी, सहकारीमा सुशासन कायम गर्न ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण र ऋण परिचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण लगानी र लेखा व्यावस्थापनका महत्वपूर्ण पक्षहरु, बचत बैठक संचालनका विधिहरु तथा अभिलेखिकरण बिषयमा प्रशिक्षक दिर्घराज सापकोटा सहजिकरण गरेका थिए ।

सहकारीका ६० जना सहभागीता रहेको तालिम संचालनको समयमा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक प्रेम स्याम्बयु, बरिस्ठ अनुगमन व्यवस्थापक किशोर काफ्ले, प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्याल, अनुगमन समितिका सदस्य उषा मगरले सहकारीमा आबद्ध समुहहरुको संस्थागत विकास तथा दिगोपनको लागि सहकारी गठन र परिचालनमा सहजताको लागि लेखा व्यवस्थापनमा सहयोग गरिएकाे बताएका थिए ।