धादिङमा टि १० क्रिकेट कप हुने

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७६

धादिङ जेष्ठ १४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अन्तरगत बिशालटारमा टि १० क्रिकेट कप प्रतियोगिता हुने भएको छ ।

हिमालय करु मेमोरियल ट्रस्ट, धादिङ्गको आयोजनामा बिशालटार मैदानमा जेष्ठ १७ देखि २१ गते सम्म सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा ६ टिमले भाग लिने भएका छन् हामी दुई समुहमा बिभाजन गरि खेल संचालनको तयारीमा छौ दिपेष कंडेलले धादिङपोष्टलाई बताए ।

कंडेलका अनुसार ग्रुप ए मा बेनिघाट ए, गजुरि, मजिमटार र ग्रुप बी मा बेनिघाट बि, धादिङ्ग, मलेखु टिम रहेका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाले क्षेत्रिय स्तरको क्रिकेट मैदान निमार्णको लागि गृहकार्य गरि रहेको बेला हुन लागेको यस प्रतियोगिताले क्रिकेट खेलाडीहरुलाई थप उत्साह पैदा गरेको छ ।