त्रिपुरासुन्दरीमा बाघको आक्रमणबाट पम्पा खाँड घाईते

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७६

धादिङ जेष्ठ १३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ बाजोगरामा बाघको आक्रमणबाट पम्पा खाँड घाईते भएकी छिन् ।

बाजोगरा चुटार बस्ने ३५ वर्षिय पम्पा खाँडलाई गोठालो जाँदा सोमबार अन्दाजी ४ बजे पाटे बाघले आक्रमण गर्दा घाईते भएकी हुन् ।

घाईते खाँडको अनुहार, शरीरको बिभिन्न भागमा चोट लागेकोले स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचनाअधिकारी प्रकाश विष्टले जानकारी दिए ।