
धादिङ जेष्ठ १३ । धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका र जापान स्थित ईस्युहारा नगरपालिका बीच साझेदारी हुनेभएकाे छ ।
जापानकाे ईस्युहारा नगरपालिकाका भाईस प्रेे सिडेन्ट निसिमुरा सिईन्चीकाे नेतृत्वमा आएकाे काेची युनिभर्सिटीका प्राेेफेेसरकाे टाेली र नीलकण्ठ नगरपालिका प्रमुख, उपप्रमुख सहितकाे टाेलीबीच साझेदारी गर्ने सहमति भएकाे हाे ।
यी दुई नगरपालिका बीच साझेदारी सम्झाैतामा हस्ताक्षर हुनभने बाँकी रहेकाे बताईएकाे छ ।
नीलकण्ठ नगरपालिकाले उनीहरुलाई साेमबार कार्यालयमा भव्य स्वागत गरेकाे थियाे ।

स्वागत कार्यक्रममा भाईस प्रेेसिडेन्ट निसिमुरा सिईन्चीले नीलकण्ठ र ईस्युहारा नगरपालिकाकाेे हावापानी मिल्दाेजुल्दाे छ, विकासका माेडल र सीप सँगै यहाँका जनताहरुमा लगनशिलता देखियाे भने ईस्युहाराकाे स्तरमा पुर्याउन कठिन नभएकाे बताएका थिए ।
उनले जाईका मार्फत हिजाे पनि सहयाेग गर्दै आएका हाैंं अब विशेष याेजनाका साथ यी दुई नगरपालिकालाई अगाडि बढाउने बताएका थिए ।
नगरप्रमुख भिम ढुङ्गानाले स्मार्ट सिटी निर्माणका लागि महत्त्वपूर्ण सहयाेगकाे अपेक्षा राखेकाे बताएका थिए ।

