
धादिङ जेष्ठ १३ । धादिङबेसी स्थित धादिङ बोर्डिङले शैक्षिक क्षेत्रका चर्चित मोटिभेटर ल्याई अभिभावक र विद्यार्थीलाई मोटिभेट गरेको छ ।
मोटिभेटर इश्वर श्रेष्ठले धादिङ बाेर्डिङका कक्षा ४ देखि १० का विद्यार्थीलाई १०:३० देखि १:३० बजे सम्म र अभिभावकलाई २ देखि ४ बजे सम्म माेटिभेट गरेका थिए ।

विद्यार्थीलाई दैनिक कार्यतालिका, गर्न हुने र गर्नै नहुने, अनुशासन सँगै शैक्षिक उत्पेरणाका विषयमा भाेटिभेट गरेका थिए भने, अभिभावकलाई छाेरा छाेरीकाे हेरचाह, भुमिकाका विषयमा माेटिभेट गरेका थिए ।
साेमबार भएकाे उक्त माेटिभेसनले विद्यार्थी र अभिभावकमा चेन्ज ल्याउने आशा राखेकाे प्रिन्सिपल हरि लम्सालले बताए ।
प्रशिक्षण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य, शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पसका निर्देशक एवं विद्यालय सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठ, न्यु धादिङ बोर्डिङ स्कुलका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहाल, प्रधानाध्यापक हरि लम्साल, विद्यालयका
एजुकेटिभ डाइरेक्टर सुरेन्द्र प्रसाद शाह लगायतको आतिथ्यता रहेको थियो ।

