
धादिङ जेष्ठ १३ । धेरै जसोलाई मन पर्ने फलफुल मध्य केरा एक हो । हामी केरा खाँदै छौ भने केरामा चोटपटक लागेको छैन हेरौ यदि चोटपटक लागेको केरा खायौं भने डरलाग्दो निफा भाइरस लाग्न सक्छ ।
स्वास्थ्यकर्मीका अनुसार प्राय गाउँघर तिर चमेरो केराको पातमा बस्ने गर्छ र केरा, मेवा, अम्बा जस्ता फलफुलहरु समेत खाने गर्छ ।
चमेरोले टोकेका त्यस्ता फलफुल खाईयो भने डरलाग्दो निफा भाइरस लाग्ने सम्भावना रहन्छ ।

यो निफा भाइरस चमेरोबाटे फैलिने रोग हो, भारतबाट फैलिएको यो रोग नेपालमा समेत देखा परेको छ ।
सबै भन्दा डरलाग्दो भाइरसको नाममा चिनिएको यसले मानिसको छालालाइ क्षणभरमै कुरुप साथै बर्बाद बनाइदिन्छ ।

