धादिङकी सन्ताेषीकाे अर्काे नयाँ कृतिमानी

Avatar photo
Dhadingpost
जेष्ठ ११, २०७६

धादिङ जेष्ठ ११ । धादिङ ज्वालामुखि गाउँपालिका स्थित सुनखानीकी सन्ताषी श्रेष्ठले म्याराथुनमा अर्काे नयाँ कृतिमानी रचेकी छिन् ।

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको महिला तर्फ सन्ताेषी दाेस्रो हुँदै नयाँ कृतिमानी राखेकी हुन् । यस अघि उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचहजार मिटरकाे निर्धारित दूरी १६ मिनेट ३८.५३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिईन ।

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनमा पुरुषतर्फको उपाधि अनिश थापामगरले जितेका छन् भने महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन्।

यसैगरी दोस्रोको उपाधि दुर्गा बुढा र तेस्रोको कृष्ण बस्नेतले जितेका छन्।

महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् भने दोस्रो सन्तोषी श्रेष्ठ भइन्।

यस्तै कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करिव ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे ।

ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए ।

२१ दशमलव १ किलोमिटर हाफ म्याराथन, ५ किलाेमिटर कर्पोरेट र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । यो वर्ष ३ हजार धावक सहभागी हुने अपेक्षा गरेको पब्लिकेशन्सले शुक्रबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जनाएको छ । गतवर्ष २ हजार ५ सय ६० जनाले भाग लिएका थिए ।

हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन् । त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर पाएका छन् ।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज उपलब्ध गराइएको छ । त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ । ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाए ।