सवारी साधनमा लैङगिक हिंसा भए नभएको

Avatar photo
Dhadingpost
जेष्ठ १०, २०७६

धादिङ जेष्ठ १० । जिल्ला प्रहरी कार्यालय धादिङले संचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला सवारी साधनमा लैङगिक हिंसा भए नभएको चेकिङ भएको छ ।

सवारी साधनहरुलाई रोकी लैङगिक हिंसा भए नभएको‚ महिला सिट‚ बृद्धरवृद्धा आरक्षण सिट‚ अशक्त सिट कार्यान्वयन भए नभएको चेकिङ तथा अवलोक समेत गरिएको हो ।

प्रहरी कार्यालय धादिङका प्रमुख, राजकुमार बैदवार, लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समितिका पदाधिकारीहरु‚ विभिन्न गैह्र सरकारी संघ सस्थाका प्रतिनिधीहरु‚ संचारकर्मीहरु लगायतको उपस्थितिमा बिहिबार चेकिङ तथा अवलोक गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले धादिङपोष्टलाई जानकारी गराए ।