नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७६

धादिङबेसी जेष्ठ ९ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङमा नीलकण्ठ नगारपालिका स्तरीय प्रथम नगर स्तरीय तथा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ ।

नीलकण्ठ नगरपालिका भित्रका १७ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएका यस प्रतियोगिता नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरे सँगै सुरुभएको हो ।

तीन दिन सम्म चल्ने यस प्रतियोगिता अन्तरगत भलिबल छात्र तर्फ ९ वटा विद्यालयले भाग लिएका छन् । जसमा आज भएको खेलमा धादिङ बोर्डिङले एड्भान्स एकेडेमीलाई हराएको थियो भने रघु माविलाई न्यू किबो बोर्डिङले पराजित गरेको छ ।

यस्तै नीलकण्ठ माविले बालमन्दिर माथि विजयी प्राप्त गरेको छ भने पशुपति माविले सुनगाभालाई पराजित गरेको आयोजक किबो बोर्डिङका खेल संयोजक विकास कोइरालाले धादिङपोष्टलाई बताए ।

कबड्डी छात्रा तर्फ आज भएको खेलमा बाल मन्दिर मावि, एड्भान्स एकेडेमी र नीलकण्ठ मावि विजयी भएका छन् । खेल संयोजक कोइरालाका अनुसार बिहिबार भएका सबै खेलहरु लिग चरणका हुन् कोहि पनि आउट भएका छैनन्, अन्य सबै खेलहरु शुक्रबार सुरुहुने छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सलआर्ट लगायतका खेलहरु हुने छन् ।

जिल्ला खेलकुद विकास समिति र नीलकण्ठ नगरपालिकाको सहयोगमा न्यू किबो बोर्डिङले आयोजना गरेको यस प्रतियोगिता उद्घाटन सत्रको सभापतित्व न्यू किबो बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मीले गरेका थिए भने उप प्रमुख मनराज भण्डारी सहभागि विद्यालयका शिक्षक प्रतिनीधि लगायतको आतिथ्यता रहेको थियो ।

यस अघिका पोष्टहरु
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी सकियो
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ९ देखि सुरु हुने
जिल्ला स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो (नतिजा सहित)