
धादिङ जेष्ठ ७ । धादिङबेसी स्थित सिपी कलेज हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने कलेजमा परिचित हुँदै अएकाे छ ।
त्रिभुवन विश्व विद्यालयद्वारा गत साउन महिनामा संचालित BBS प्रथम वर्षको परीक्षामा पनि सिपी कलेज धादिङ जिल्ला प्रथम भएकाे छ ।
परिक्षामा १९ जना विद्यार्थी सहभागी गराएकाे सिपी कलेज ७३.३ प्रतिशद उतिर्ण दर सहित जिल्ला प्रथम भएकाे हाे ।
यसै कलेजकी संगीता श्रेष्ठले ६७ प्रतिशद अंक ल्याई जिल्ला प्रथम हुन सफल भएकी छिन् ।
०६७ सालमा स्थापना गरिएको सिपी कलेजले हरेक साल उत्कृष्ट नतिजा निकाल्दै आएकाेे छ, यस वर्ष पनि संगिता सहित परिक्षामा सहभागी १९ जनाले कलेजकाे गरिमा उच्च बनाईदिएकाे सिपी कलेज धादिङका प्रिन्सिपल शष्टि कुमार श्रेष्ठले बताए ।

