
धादिङ जेष्ठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुक जनअपेक्षा अनुरुप कै विकासले गतिलिएकाे देखिने बताएका छन् ।
धादिङको गल्छी मासटारमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो एक वर्षमा धेरै परिवर्तन देखिने बताएका हुन् ।
केही समय नीति निर्माणमा व्यस्त भैयाे, नितिगत र परिणामुखि याेजना सहित सरकार सुखी नेपाल, समृद्ध नेपाल निर्माणमा लागेकाे बताएका थिए ।
टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ ।
यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउनेछ याे सँगै इन्टरनेट सेवा पुग्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका थिए ।

