
धादिङ जेष्ठ ६ । त्रिपुरासुन्दरी गाउँ पालिका ४ मा रहेको सल्यानकोट स्वास्थ्य चौकीले समाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७४र७५ को वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन प्रस्तुत सँगै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शम्भु कुमार थापाले गाउँपालिका रोगी कोहि नरहुन् शिक्षाबाट कोहि बन्चित नहुन भनेर विशेष अभियान चलाई रहेको बताएका थिए ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं। ४ का वडा अध्यक्ष कपिलदेव सिंखडाको सभापतित्वमा भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यता, उपाध्यक्ष देवी कुमारी बुर्लाकाटीको विशेष आतिथ्यता तथा गाउँ पालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सल्यानकोट स्वास्थ्य चौकीको प्रमुखको ज्ञान बहादुर दाहालको सरुवा भएकोले विदाइ गरिएको थियो ।

