प्रधान मन्त्री जेष्ठ ६ गते धादिङ मासटार आउने

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७६

धादिङ जेष्ठ ५ । धादिङको गल्छी गाउँपालिका ४ स्थित मासटारमा प्रधान मन्त्री केपी शर्मा ओली जेष्ठ ६ गते सोमबार आउने भएका छन् ।

नेपाल दुरसंचार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा मध्यपहाडी लोकमार्ग अन्तरगत प्रदेश नम्वर १, २ र ३ मा विस्तार गरिने उच्च क्षमताको अप्टिकल फाइवर शिलान्यास गर्न प्रधान मन्त्री सोमबार मासटार आउने भएका छन् ।

अप्टिकल फाइवर (सुचना महामार्ग) शिलान्यास गर्न प्रधानमन्त्री ओली ६ गते दिनको १ बजे धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नं ४ मासटार आईपुग्ने आयोजकले बताएको छ ।