
धादिङ जेष्ठ ५ । काकडभिट्टाबाट काठमाडौ जाँदै गरेको रात्रीबस गजुरी ६ बन्छेटारमा सडकबाट त्रिशुली नदीमा खस्दा ४ जनाको ज्यान गएको छ ।
ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खस्दा ४ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
२० जना घाइते छन्, नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना र स्थानियहरु ले उद्दार गरेका छ्न ।
घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
फोटो किशोर अधिकारी

