अल्छी डाँडामा बन्यो आमा समुहको भवन

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७६

धादिङ जेष्ठ ४ । धादिङ नीलकण्ठ नगरपालीका वडा नं. ४ अल्छी डाँडामामा आमा समुहको सामुदायीक भवन निर्माण भएको छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना र नेपाल सरकार भुमिसुधार व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले संयुक्त रुपमा उक्त भवनको शनिबार उद्घाटन गरेका छन् ।

एक्सन नेपाल धादिङले नीलकण्ठ नगरपालिका र युएनडिपीको आर्थिक सहयोग र स्थानियको समेत श्रमदानमा निमार्ण गरेको उक्त सामुदायीक भवन उद्घाटन सँगै स्थानीय आमा समुहलाई हस्तान्तरण गरिएको थियो ।

कुल ८ लाख ८४ हजार १ सय २३ रुपैयाँमा निमार्ण कार्य सम्पन्न भएको उक्त भवन उद्रघाटन गर्दै प्रमुख ढुङ्गानाले महिला सक्रियताका लागि विशेष धन्यावाद दिएका थिए ।

एक्सन नेपाल धादिङ नीलकण्ठ नगरपालिकामा अन्य डाँडा गाउँ महिला कृषि समुहको भवन, सातबिसे महिला समुहको भवन, गोरखाली महिला समुहको भवन र खानि गाउँ सामुदायी भवन निमार्ण गरि रहेको एक्सन नेपाल धादिङका परियोजना प्रमुख ठाकुर ढकालले धादिङपोष्टलाई बताए