काँग्रेस धादिङको जागरण अभियान एकै दिन ९२ वटा वडामा उद्घाटन

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७६

धादिङ जेष्ठ ३ । नेपाली काँग्रेस धादिङले धादिङका ९२ वटा वडामा आज जागरण अभियान उद्घाटन गरेको छ ।

स्थानीय जनतको सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घर परिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझाव लिँदै सरकारका गलत क्रियाकलापहरुलाई जनता सम्म पुर्याउन सुरु गरिएको भनिएको जागरण अभियान काँग्रेस धादिङले जिल्लाका ९२ वटा वडामा आज एक साथ उद्घाटन गरेको हो ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत धादिङको १०४ वटै वडाहरुमा अभियान उद्घाटन गर्ने तयारी गरे पनि ज्वालामुखी गाउँपालिकाको ७ वटामा पार्टी नेताको मृत्यूभएको र गाउँपालिका शोकमा रहेको भन्दै अभियान ३ दिन पछि गर्ने गरि स्थगित भएको जिल्ला सभापति रमेश धमलाले बताए ।

सभापति धमलाका अनुसार रुबीभ्यालीको जिम्मा पाएका डा. राजाराम कार्कीको संसद चलेकोले केहि दिन पछि सुरु हुने छ ।