हिमाल घलेको चरि उड्यो भुरुरु आउँदै

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७६

धादिङ जेष्ठ १ । राष्ट्रिय लोक दोहोरी गित प्रष्ठिान धादिङका अध्यक्ष एवम् चर्चित लोक गायक हिमाल घलेको चरि उड्यो भुरुरु सार्वजनिकको तयारीमा रहेको बताईएको छ ।

हिमाल घले, बिन खाती र देवि घर्तीको स्वर रहेको चरि उड्यो भुरुरु मा मोडलिङ दुर्गेश थापा र काशी घलेले गरेका छन् ।

चरी उड्यो भुरुरुरु पिरतीको बनमा
छड्के नजर लगाउँछ्यौ मुसुमुसु हाँसेर
झ्याप्पै नाता लाम भने के छ, के छ, मनमा ।
न त बोल्चाल न हाम्रो चिनजान्छ
लुकि लुकि हेरेरै दिनजान्छ ।
चिने झै नि लाग्दैन पहिले कहिं
हेरि रहने उसले नि मैले झैं
हिउँ पगाल्यो चैतको धुपैले
मन पगाल्यो मोहनी रुपैले
नजिक नजिक सरेर झन मेरो
तौलिएको होला कि मन मेरो
वैंशालु त्यो हाँसोले बितायो
पापी मनले के के पो चितायो ।
पापी नजर उसैमा गैरानी
के होला यो बैशको हैरानी
माया हो कि मुटुको घाऊ हो कि
हाँसी हाँसी फसाउने दाउ हो कि
के छ होला त्यो मन भित्र ।

प्रकाश भट्टको निर्देशन र रमेश बि.जी. को शब्द रहेको यस गितको छायाँङ्कन ड्रोन राजेश घिमिरेले गरेका छन्, भने दृष्य निमार्ण साई भिजन प्रालिले गरेको छ ।