काँग्रेस धादिङको जागरण अभियानः पार्टी प्रवेसीलाई स्वागत

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७६

धादिङ जेष्ठ १ । नेपाली काँग्रेस धादिङले सुरु गरेको राष्ट्रिय जागरण अभियान को क्रममा धादिङको नीलकण्ठ नगरपालिका खाल्टेबाट ७ जना र नेत्रावती गाउँपलिकाको एउटै वडाबाट १९ जना नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।

अभियान कै क्रममा मंगलबार धादिङबेसीमा जिल्ला प्रतिनिधिहरुका लागि काँग्रेसले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनीहरुले नेकपा परित्याग गरि काँग्रेसमा प्रवेस गरेका हुन् । नव प्रवेसीलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, जिल्ला सभापति रमेश धमला लगायतले स्वागत गरेका थिए ।

अभिमुखिकरण कार्यक्रम केन्द्रिय सदस्य पौडेलले जागरण अभियान क्रममा अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम हुने बताएका थिए ।

त्यस्तै पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझाव समेत लिइने बताइए । अभियानलाई सार्थकता दिन धादिङका सबै वडाहरुमा वर्डा पार्टी कार्यलय संचालनमा ल्याउन समेत निर्देशन दिएका थिए ।

नेत्रावती गाउँपालिका २ बाट प्रवेस गर्नेहरु
साजन गुरुङ, सम्बबहादुर गुरुङ, दिपेन तामाङ, विमल तामाङ, विरबहादुर तामाङ, सन्दिप तामाङ, तुलबहादुर तामाङ, निर्मल तामाङ, विनोद वाईवा, सुजन गुरुङ, सरोज तामाङ, सर्जु तामाङ, विनय तामाङ, सन्जय तामाङ (क), सन्जय तामाङ (ख), बुद्धि तामाङ, सि.हबहादुर गुरुङ, सुजन तामाङ लगायत रहेका छन् ।

नीलकण्ठ नगरपालिका १ खाल्टेबाट प्रवेस गर्नेहरु
विष्णु गुरुङ, यदुकुमार गुरुङ, कमल बहादुर गुरुङ, खोपबहादुर गुरुङ, सक्कलबहादुर गुरुङ, ठुलबहादुर गुरुङ, बेशर बहादुर गुरुङ, पदम बहादुर गुरुङ लगायत रहेका छन् ।

तस्विरः गोपीकृष्ण भण्डारी/दिनेश थापामगर