क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

Avatar photo
Dhadingpost
बैशाख २७, २०७६

काठमाडौं बैशाख २७ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं स्थित अनामनगरबाट प्रहरीले ढकाललाई शुक्रबार पक्राउ गरेको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले ढकालका अनुसार अध्यक्ष ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

सरकारले नेकपालाई प्रतिबन्ध लगाए सँगै प्रहरीले विप्लव निकटका नेता कार्यकर्तालाई पक्राउ गरिरहेका छन् ।