
काठमाडौं बैशाख २६ । अपाङ्गताको परिचयपत्र पाएका विद्यार्थीहरुले त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न पाउने भएका छन् ।
केन्द्रीय बहिरा क्याम्पस, नक्सालले अपाङ्गता भएका विद्यार्थीहरुलाई निःशुल्क परीक्षाको व्यवस्था मिलाइदिन आग्रह गरे बमोजिम उच्च शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका अनुसार अब त्रिविमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीले ट्रान्सक्रिप्टसम्मका प्रमाणपत्रहरु समेत निःशुल्क पाउनेछन् ।
त्रिवि अन्तर्गतका सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययनका लागि भर्ना हुँदा अपाङ्गता भएको आधिकारिक रुपमा प्रमाण पेश गरेमा तिनीहरुलाई क्याम्पसले निःशुल्क भर्ना गर्नुपर्छ ।
त्यसपछि अपाङ्ग विद्यार्थीहरुलाई निःशुल्क रुपमा सबै प्रकारका प्रमाणपत्र उपलब्ध गराउन परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

