
धादिङ बैशाख २५ । विश्व रेडक्रस दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
दिवसकाे अवसर पारेर धादिङबेेेेसी स्थित एड्भान्स एकेडेमीमा रेडक्रस सर्कल गठन, फुलखर्कमा रेडक्रस भवन उद्घाटन,स्वास्थ्य सम्बन्धी विविध सामग्रीको प्रदर्शनी, सरसफाई जस्ता कार्यक्रम हरु सम्पन्न भएका हुन् ।
विश्व रेडक्रस दिवस २०१९ काे अवसर पारि एड्भान्स एकेडेमीमा नेपाल युवा रेडक्रस सर्कल, विद्यालयकाे बाल क्लव ACCA, इन्टर्याक्टर, विद्यालयकाे क्याप्टेनहरु, सदन नेता तथा उपनेताहरुकाे चुनाव बधाई तथा सम्मान र सपथ ग्रहण कार्यक्रम गरिएको प्रिन्सिपल गाेविन्द बुढाथोकीले बताए ।

यस्तै युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयले स्वास्थ्य सम्बन्धी विविध सामग्रीको प्रदर्शनी गर्दै दिवस मनाएकाे थियाे ।
दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखाको नवनिर्मित भवनको पनि उद्घाटन गरिएकाे छ । भने शाखाकाे आयाेजनामा २१ जना पुरुष र ६ जना महिला गरी २७ जनाले रक्तदान गरेका थिए ।
धादिङबेसी स्थित न्यु किबाे बाेर्डिङका रेडक्रस सर्कलका विद्यार्थीहरु

तस्बिर सहयाेेग नारायणकुमार श्रेष्ठ

