
धादिङ बैशाख २४ । नेपालमा कालो गोलभेडा खेती सुरु भएको छ । कृषि परियोजना टिकाथलीले लामो समयको परिक्षण पश्चात कालो टमाटरको खेती सुरुभएको हो ।
मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर नेपाली हावापानी सुहाँउदो र रोग संग लड्न सक्ने क्षमता धेरै रहेको कृषि विज्ञ पुष्कर आचार्य बताउनुहुन्छ ।
कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ ।
अरु टमाटर जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ ।, क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको बैज्ञानिकले पुष्टि गरिसकेका छन् ।, यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ ।, यसमा गुलियो र नुनिलो स्वाद पाईन्छ ।
एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।
यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

