दुर्गा तिवारी फेरि आईस्यूमा, उपचारको लागि आर्थिक अभाव

Avatar photo
Dhadingpost
बैशाख २४, २०७६

धादिङ बैशाख २४। एक वर्ष अघि बैशाख १३ गते राती एम्बुलेन्स दुर्घटना गम्भीर घाइते भएका जिल्ला वार एसोसिएसन शाखा धादिङका पूर्व अध्यक्ष दुर्गा तिवारी अस्पताल मै छन् ।

बुवालाई उपचारको लागि काठमाडौ लाने क्रममा धादिङ सिम्लेमा विपरित दिशाबाट आएको ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदाँ घाईते भएका तिवारीको अहिले सम्म गम्भीर अवस्था मै उपचार जारी छ ।

तिवारीको उपचारमा आर्थिक अभाव भएको जानकारी प्राप्त भए सँगै काठमाडौंको एक कार्यक्रममा सहभागि रहेका नेकपा धादिङका कार्यकर्ताहरुबाट संकलन भएको ९४ हजार ३०० रुपैयाँ नेकपा धादिङका नेता रामबहादुर भण्डारीले दुर्गा तिवारीको धर्मपत्ती सकुन्तला लुईटेल (तिवारी) लाई हस्तान्तरण गरेका छन् ।

नेता भण्डारी सँगै विनोदबाबु रिमाल, सेकेमान तामाङ लगायतका नेता कार्यकर्ता अस्पताल मै पुगेर दुर्गा तिवारीको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै संकलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

भएका सबै सम्पत्ती उपचारमा सकि सक्यौ, उँहाको पूर्ण होस अझै आउन सकेको छैन । विगत १४ दिन देखि फेरि आईस्यूमा राख्दै आएका छौ आर्थिक समस्याले उपचारमा अफठ्यारो परेको दुर्गा तिवारीको धर्मपत्ती सकुन्तला लुईटेल (तिवारी) ले धादिङपोष्टलाई बताईन् ।

हामी तपाईहरु सम्म हात थाप्ने अवस्था सम्म आईपुग्न वाध्य भयौं । हाम्र बैंकखाता रहेको छ सकुन्तला लुईटेल (तिवारी राष्ट्रिय वाणिज्य बैंक खाता ०१९००५०२९११० रहेको तपाईको सहयोग हाम्रो नयाँ जिवन हुन सक्ने उनले बताईन् ।