
धादिङ बैशाख २३ । धादिङको गंगाजमुना गाउँपालिका ३ बर्धन स्थित गणेश गुरुङको घर गोठमा आगलागी हुँदा २२ लाख भन्दा बढी क्षेती भएको छ ।
सोमबार बिहान अन्दाजी ११ बजे सोलारको करेन्ट सर्ट भएर आगलागी हुँदा गुरुङको घर गोठमा आगलागी हुँदा २२ लाख भन्दा बढी क्षेति भएको प्रहरीले जनाएको हो ।
ढुङ्गा र माटोको गाह्रो जस्ताको छानो भएको २ तल्ले कच्ची घरमा र धन्सार गोठ पुर्ण रुपमा क्षेति भएपनि आगलागीमा मानविय तथा चौपाया क्षती भने नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले बताए ।
क्षतिको विवरण
१. नगद रु.४ लाख जली नष्ट
२. सुन ४.५ तोला अ. मुल्य रु. २८४,०००।-
३. अन्नपात (धान, मकै, कोदो गरी अ. मुल्य रु.९४,०००।-
४. लत्ताकपडा (अ. मुल्य रु.१ लाख
५. घर र गोठ गरी अ. मुल्य रु.१४ लाख
जम्मा २२ लाख ७८ हजार बराबरको क्षती भएको ।
