नीति तथा कार्यक्रम भित्र स्वास्थ्य

Avatar photo
Dhadingpost
बैशाख २१, २०७६

धादिङ बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने बताइएको छ।

नीति तथा कार्यक्रममा केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रूपमा स्तरोन्नाति गर्ने, तीन वर्षभित्र सातै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्चानलनमा ल्याइने उल्लेख छ । वीर अस्पताललाई अन्तराष्ट्रिय गुणस्तरका सबै विशिष्टीकृत सेवा सहितको उत्कृष्टताको केन्द्रको रूपमा विकास गरिनेछ ।

आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ र सबै स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन तथा दूरचिकित्सा शिक्षा पद्धतिमार्फत् २४ घण्टे आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । प्रत्येक प्रदेशको कम्तीमा एक अस्पतालबाट विशिष्टीसकृत स्वास्थ्य सेवा उपलब्ध गराई विशिष्टीकृत स्वास्थ्य सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गरिनेछ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यान्वयनमा ल्याइने, हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ । महिनावारी नभएका ९ देखि १३ वर्ष उमेरसम्मका किशोरीहरुलाई सर्भाइकल क्यान्सरविरुद्धको खोप लगाइन्छ ।

साथै, सरकारले महिलाहरुमा बढ्दो स्तन र सर्भाइकल क्यान्सरजस्ता रोगको शीघ्र पहिचानको लागि निःशुल्क परीक्षण गरिने जनाएको छ । त्यसका लागि एक प्रदेशमा एक शिविर गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने,

यसका साथै

  • विदुषी योगमाया आयुर्वेद विश्वोविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गरिने ।
  •  दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूकोहवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइने ।
  •  आयुर्वेद,पञ्चयकर्म, युनानी, योगर प्राकृतिक चिकित्सालगायतका विशिष्टी्कृत सेवा उपलब्ध गराउने व्यवस्था गरिने ।
  •  स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोगको अवधारणालाई कार्यान्वयनमा ल्याइने ।
  •  महिलाहरूमा बढ्दो सर्भाइकल क्यान्सर र स्तन क्यान्सरजस्ता रोगहरूको शीघ्र पहिचानको लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकल क्यान्सर विरुद्ध खोप कार्यक्रम कार्यान्वयनमा ल्याउने ।
  •  पश्चिशम तराईमा स्वा्स्थ्य समस्याको रूपमा रहेको सिक्क्लसेल एनिमिया रोगको रोकथाम गर्न विशेष कार्यक्रम सञ्चाषलन गरिने ।
  •  लामखुट्टेको टोकाइबाट फैलिने रोग नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चालिने ।
  • सामाजिक सुरक्षा योजनाबाट श्रमिक तथा कर्मचारीहरू औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा,जेष्ठ नागरिक सुरक्षासम्बन्धी सेवाबाट लाभान्वित हुनेछन्। यस योजनाको दायरा क्रमशः बढाउँदै लगिने ।
  • सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्ने गरिने ।