बलबहादुर गुरुङ र विष्णु माझिको स्वरमा फुल जस्तै आउँदै

Avatar photo
Dhadingpost
बैशाख २१, २०७६

धादिङ बैशाख २१ । धादिङ ज्वालामुखि घर भई नेपाली लोकदोहोरीमा चर्चित बन्दै गरेका बलबहादुर गुरुङ र विष्णु माझिको स्वरमा फुल जस्तै सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ ।

सुजन लम्सालको शब्द र लय रहेको फुल जस्तै लोक दोहरी बलबहादुर गुरुङ र विष्णु माझिको स्वरमा बैशाख २३ गते एक विशेष कार्यक्रममा बीच सार्वजनिक गरिने बताईएको छ ।

पछिल्लो समय बिछोड बोलको गितबाट उत्कृष्ठ लोक दोहोरि गायक बन्दै नाट्यश्वर म्युजिक अवार्ड २०७५ जित्न सफल बलबहादुर गुरुङ र सदा सर्वदा चर्चामा रहेकि गायिका विष्णु माझिको यस लोक दोहोरी गितले दर्शकले रुचाउने आशा गरिएको छ ।

यसरी आउँदै छ म्युजिक भिडियो सहित फुल जस्तै
स्वर: बिष्णु माझी/बल बहादुर गुरुङ
लय/शब्द: सुजन लम्साल
एरेन्जर: कृष्ण बि क भान्जा
स्टुडियो: मारुनी
मिक्सिङ: कुमार राना
रेकडिस्ट: सुमन राना
मेक अप: अनिमेश/सरिता
ड्रेश: इछाराम / राजेन्द्र
सेट डिजाइन: मनिक
प्रोड्क्सन म्यानेजर: टन्क कार्की
अभिनय: श्याम घिमिरे /जुना सुन्दास
छायांकन: करन चैसिर।
निर्देशन: मौसम हिमाली
सम्पादक: प्रबिन भट्ट
दृश्य निर्माण: Bp films nepal.