
काठमाडौं, बैशाख २१ । नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम बीच वैशाख २३ गते एकीकरणको घोषणा हुने भएको छ ।
एकीकरण प्रक्रियामा सहभागी स्रोतका अनुसार एकतापछि ‘समाजवादी पार्टी नेपाल’ बन्नेछ ।
पार्टी नेतृत्वको सन्दर्भमा पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको नयाँशक्ति पार्टीका केन्द्रीय प्रवक्ता प्रशान्त सिंहले बताए ।
नेतृत्वको वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो र उपप्रधानमन्त्री समेत रहेका यादव दोस्रो वरियतामा रहने छन् ।
पार्टीको नयाँ विधान बनाइने र चुनाव चिह्न ‘तारा’ राख्न निर्वाचन आयोगलाई आग्रह गरिने समेत प्रवक्ता सिंहले जानकारी दिए ।

